Thu. Mar 6th, 2025

‘बाबुराममा पनि नाटकीय चरित्र’

baburam-bhattarai
१९ चैत, काठमाडौं – संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइमा नाटकीय चरित्र देखापरेको आरोप लगाएका छन् ।

‘हिजो उहाँ आफैँले संविधान जारी गर्नुभयो, अनि अहिले मधेसी आदीबासी जनजातिको अधिकार नभएको संविधानमा हस्ताक्षर गरेर मैले गल्ती गरे भन्नुहुन्छ’ एक कार्यक्रममा राईले भने ‘उहाँहरु सात प्रदेशलाई नै सुदृढ गर्ने भन्नुहुन्छ, यही संविधान कार्यान्वयन गर्ने भन्नुहुन्छ भने यो कसरी नयाँ शक्ति हो र?’  ।

सात प्रदेश र नयाँ संविधानमा उत्पीडित समुदायको पक्षमा नरहेकाले नै आफू आन्दोलनमा उत्रिएको बताउदै नेता राईले काँग्रेस, एमाले र एमाओवादीले अहिलेको संविधानलाई ‘विश्वकै सर्वोत्कृट’ संविधान भन्दै प्रचार गरिररेहको उल्लेख गरे । उनले मधेस आन्दोलनले यो संविधान प्रतिगामी भएको प्रमाणीत भइसकेको जनाए ।
राजधानी दैनिकबाट

About The Author

अन्य समाचारहरु: