१८ चैत, धादिङ – एसएलसी परीक्षाको पहिलो दिन विहिबार अंग्रेजी विषयको परीक्षा संचालन गरिएको छ ।
विहिबारको परीक्षामा धादिङबाट जम्मा ७ हजार २ सय ४४ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जसमा नियमित तर्फ २९ सय ९२ जना छात्र र ३४ सय १७ जना छात्रा गरी जम्मा ६ हजार ४ सय ९ जना रहेका छन् भने एक्जाम्टेड तर्फ २ सय ८० जना छात्र र ५ सय ९७ जना छात्रा गरी ८ सय ३५ जना परिक्षार्थीले परिक्षा दिएका छन् ।
१ सय ५ जना विद्यार्थी अनुपस्थित रहेका जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ । नियमित तर्फ १३ जना छात्र र २७ जना छात्रा गरी जम्मा ४० जना रहेका छन् भने एक्जाम्टेड तर्फ ३३ छात्र र ३२ जना छात्रा गरी जम्मा ६५ जना आज अंग्रेजी विषयको परिक्षामा अनुपस्थित रहेका हुन् ।
एसएलसीको पहिलो दिन धादिङमा शान्त, मर्यादित तथा अनुशासित ढङ्गबाट परीक्षा संचालन भएको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ ।