Tue. Nov 26th, 2024

धादिङका विद्यार्थीहरुले टहरामा नै एसएलसी दिए (फोटो सहित)

taharama slc 1सरिता श्रेष्ठ / १८ चैत, धादिङ – देशभर आजदेखि एसएलसी परीक्षा सुरु भएको छ । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा दिएका छन् ।

एसएलसी परीक्षा संचालन भइरहदा उत्तरी धादिङका कतिपय विद्यार्थीहरुले अस्थायी टहरामा नै एसएलसी परीक्षा दिएका छन् । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले विद्यालय भवन भत्किएपछि टहरामा नै एसलएसी दिएका हुन् ।

उत्तरी धादिङको दार्खा गाविसमा रहेको गणेशकुण्ड उमावि दार्खा, बच्छदादेवी यमावि सत्यदेवी, तामाङखर्क उमावि गुम्दी, बद्रीविशाल उमावि बुढाथुम, महेन्द्रवाराही उमावि कटुञ्जे लगायतका परीक्षा केन्द्रहरु भूकम्पले भत्काएका छने । यी विद्यालयहरुमा विभिन्न संघसंस्थाले अस्थायी टहरा बनाइदिएको छ ।

taharama slc 2

गणेशकुण्डमा नियमित तर्फ १ सय १९८ जना र एक्जामटेड तर्फ ५१ जना गरी २ सय ४९ जना विद्यार्थीले परीक्षा दिएका छन् । त्यस्तै बच्छलादेवीमा नियमित तर्फ १ सय ७४ जना र एक्जामटेड तर्फ ४८ जना गरी २ सय २२ जना, तामाङखर्कमा नियमित तर्फ १ सय २३ जना र एक्जामटेड तर्फ २८ गरी १ सय ५१ जनाले परीक्षा दिएका छन् ।

त्यस्तै बद्रीविशालमा नियमित तर्फ १ सय ६४ जना र एक्जाटेड तर्फ २८ गरी १ सय ९२ जना र महेन्द्रवाराहीमा नियमित तर्फ ३ सय ५० जना र एक्जामटेड तर्फ ५५ गरी ४ सय ५ जनाले अस्थायी टहरामा नै परीक्षा दिएका हुन् ।

परीक्षामा उत्कृष्ट श्रेणी ल्याउनका लािग परिक्षार्थीको तयारीसँगै परीक्षा केन्द्रको व्यवस्थापनको पनि ठूलो भूमिका रहन्छ । तर धादिङमा अधिकाशं टहरामा रहेको परीक्षा केन्द्र व्यवस्थित गर्न सकिएको छैन । व्यवस्थित नहुदाँ परीक्षामा अक्षरहरु बिग्रिने लगायत विभिन्न समस्या झेल्नु परेको झार्लाङ माविबाट एसएलसी दिएका छात्रा बुद्धिमाया तामाङको भनाई छ ।taharam slc 3

खुल्ला ठाँउमा रहेको टहरामा बसेर परीक्षा दिनुपर्ने बाध्यता छ । बाहिरबाट आएका सुपरीवेक्षक टोलीलाइ टाढाबाटै देखिने हुदाँ ध्यान केन्द्रित गर्न नसकिएको र परीक्षा व्यवस्थित हुन नसकेको मुकावदेवी मावि सेतुङबाट परीक्षा दिइरहेका सूर्य बहादुर तामाङले बताए । भुकम्पका कारण परिक्षाका लागि राम्रो तयारी गर्न नसक्नु र परिक्षा केन्द्रमा पनि विद्यार्थीमैत्री वातावरण नभएको उनको गुनासो छ ।

धादिङ जिल्लाभर यस वर्ष परीक्षामा ७ सय ४ सय १५ जना विद्यार्थी सहभागी भएका छन् । नियमित तर्फ ६ हजार ५ सय ३१ जना र एक्जामटेड तर्फ ८ सय ८४ जना परीक्षामा सामेल भएका छन् । २६ वटा परीक्षा केन्द्रमा शान्तिपूर्ण ढंगले सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय धादिङले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: