१६ चैत, धादिङ – आज नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवस ।
स्थापना दिवसका अवसरमा देशभरका शाखाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाईरहेका छन् । दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा।महेन्द्र विष्टले मुलुकभर र संसारभरि छरिएर रहेका नेपाली आमसञ्चारकर्मीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।
साथै उनले मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारको हक हितका लागि अग्रजहरूले सुरु गरेको प्रयासप्रति गौरव महसुस गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि श्रमजीवी पत्रकारको हकहित, लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि महासंघ आफ्ना अग्रजहरुले देखाएको मार्गबाट रत्तिभर विचलित नभई अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता व्यक्त गरे।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धादिङ शाखाले स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सीतारामप्रसाद बर्मा, संस्थापक सचिव राजेन्द्र प्रताप शाह, वर्तमान अध्यक्ष नवराज छत्कुली, कार्यसमिति सदस्य तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।