Tue. Mar 18th, 2025

दोलखामा चट्याङ लागेर एक जनाको मृत्यु

chatyanga
१६ चैत,  दोलखा -दोलखामा हावाहुरीसँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीमुदी गाविस–८ का १६ वर्षीय सुमन मगर रहेका छन्।

गएराति घरमा बसिरहेका बेला परेको चट्याङ लागेर गम्भीर घाइते भएका मगरलार्इ उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए।

हावाहुरीले अन्य केही घरमा पनि क्षति पुगेको बताइएको छ। रासस

About The Author

अन्य समाचारहरु: