Tue. Mar 18th, 2025

धादिङ जिल्लाबाट एसएलसी परीक्षामा ७ हजार ४ सय १५ विद्यार्थी सहभागी हुँदै

Deo dhading jpg१६ चैत,  धादिङ – प्रवेशिका परीक्षा एसएलसीमा धादिङ जिल्लाबाट ७ हजार ४ सय १५ जना विद्यार्थीहरु सहभागी हुँदैछन् ।

नियमित तर्फ ६ हजार ५ सय ३१ जना र एक्जामटेडतर्फ ८ सय ८४ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ ।

मंगलबार कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । एसएलसी परीक्षाका लागि धादिङ जिल्लाभरबाट २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

प्रत्येक परीक्षा केन्द्रमा एकएक जना केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा सहयोगीहरु तोकिसकेको छ । परीक्षालाई मर्यादित तथा शान्त वातावरणमा सञ्चालन गर्नका लागि प्रत्येक परीक्षा केन्द्रमा १५ जना सुरक्षाकेन्द्र खटाइने जिल्ला शिक्षा अधिकारी रेनुका पाण्डेले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: