Tue. Mar 18th, 2025

लागू औषध कारोबारीमा संलग्न धादिङ घर भएका पर्यटन व्यावसायी सहित ५ जना पक्राउ

pakrau
 १५ चैत, धादिङ – प्रहरीले काठमाडौंका विभिन्न दुई स्थानबाट ३२ करोड मूल्य बराबरको लागूऔषध कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

लागूऔषध कोकिन र मेथाफेटामाइनसहित फरक फरक स्थानबाट तीन पुरुष र दुई महिलालाई पक्राउ गरि सोमबार सार्वजनिक गरेको छ ।

प्रहरीले ५४ किलोग्राम मेथाफेटामाइन अस्ट्रेलिया पठाएको अभियोगमा तीनजनालाई ठमेलबाट पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङ घर भइ काठमाडौका पर्यटन व्यवसायी विक्रम लामिछाने, निलोपुल काठमाडौंका मनिष श्रेष्ठ र नुवाकोट दाङसिङका होमबहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई अदालतबाट म्याद थप गरि प्रहरीले कारबाही अघि बढाएको छ ।

त्यसैगरि क्षेत्रपाटीबाट पाँच करोड ४० लाख मूल्य बराबरको लागूऔषध कोकिनसहित दुई विदेशी महिला पनि पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोले विशेष सूचनाका आधारमा सोमबार बिहान चारवटा स्याम्पुको बट्टाभित्र लुकाएको अवस्थामा दुई लिटर सात सय २२ मिलि लिटर कोकिन बरामद गरेको हो ।

पक्राउ पर्नेमा दक्षिण अफ्रिकी नागरिक एम पाथोनी म्यास्ने र भारतीय नागरिक मर्सीलाई पक्राउ गरेको हो ।

About The Author

अन्य समाचारहरु: