Tue. Mar 18th, 2025

धादिङमा भीषण हावाहुरी, भूकम्प पीडितको विचल्ली

hawahuri१५ चैत,  धादिङ  – धादिङमा सोमबार दिउँसै चलेको हावाहुरीले जनजीवन प्रभावित बनेको छ ।

दिउँसो सवा ३ बजेतिर एक्कासी चलेको हावाहुरीसँगै मानिसहरुको पनि भागाभग चलेको थियो ।

हावाहुरीसँगै उडेको धुलोले सदरमुकाम धादिङबेसी लगायतका आसपासका क्षेत्रहरु अध्याँरो भएको छ ।
हावाहुरीले सदरमुकाम आसपास क्षेत्रमा स्थायी टहरामा बसिरहेका भूकम्प पीडितहरुको विचल्ली भएको छ ।

हुरीले टहरा नै उडाएपछि सुरक्षित बस्ने ठाँउ पनि नहुँदा भागाभाग भएको छ । उत्तरी धादिङको री, तिप्लिङ, सेर्तुङ लगायतका गाविसहरुमा दुई दिनदेखि परेको तुवालोले बाटोमा आवात जावातमा पनि समस्या भएको स्थानीयले बताएका छन् ।

About The Author

अन्य समाचारहरु: