Tue. Mar 18th, 2025

वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ उपचारपछि स्वदेश फर्कंदै

Ambar_Gurung
१५ चैत,  काठमाडौं–  भारतमा उपचाररत वरिष्ठ संगितकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएपछि उनी बुधबार स्वदेश फर्कंदै छन् ।

जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका संगितकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्कन लागेको लेखकरसमीक्षक प्रकाश सायमीले जानकारी दिए । उनी करिब दुई महिनादेखि उक्त अस्पतालमा भर्ना भएको थिए।

सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सनलगायतका रोगबाट पीडित थिए ।

मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य सुधार आएको भर्खरै त्यहाँ पुगेर आएका संगितकर्मी रतन चन्दले बताए । उनले भने, ‘उहाँको स्वास्थ्यमा लगभग सुधार आएको छ, बोल्न र मान्छे चिन्न सक्नुहुन्छ । चिकित्सकले पनि अब घर लाँदा हुन्छ भन्नुभयो ।’

विमानस्थलमै स्वागत कार्यक्रम

स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै एक कार्यक्रम गरेर उनीद्वारा संगितबद्ध राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’, सैनिक गान ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ लगायत गीत गाउने कार्यक्रम रहेको छ ।

नसा तथा पाचन प्रणालीमा समस्या आएपछि यसअघि ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो । रासस

About The Author

अन्य समाचारहरु: