Tue. Mar 18th, 2025

धादिङ तारा आकाश चेपाङको ‘ओइ मेरी सोल्टीनी’ सार्वजनिक ( भिडियो हेर्नुहोस्)

aakash

अस्मिता खतिवडा / १५ चैत, धादिङ – धादिङ तारा आकाश चेपाङको ओइ मेरी सोल्टीनी के छ खबर नामक गीतको भिडियो सार्वजनिक गरिएको छ ।

दिब्य दर्शन टेलिभिजनको विशेष कार्यक्रम मार्फत भिडियो सार्वजनिक गरिएको हो । भिडियो सार्वजनिक कार्यक्रममा दिब्य दर्शन टेलिभिजनका कार्यकारी निर्देशक पोषनाथ अधिकारी, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, भिडियो निर्देशक गौरब गिरी, बाबुल म्युजिक प्रा.लिका कार्यकारी निर्देशक तथा मोडल दिबस पाण्डे, मोडल ललित सिङ धामी लगायतका व्यक्तित्वहरुले चेपाङको उज्वल साँगितिक भविष्यको कामना गरेका थिए ।

अहिलेको अबस्थामा नेपाली लोक सगीतका नाममा अस्लिन भिडियोहरु बजारमा आइरहेको बेलामा ओइ मेरी सोल्टीनी के छ खबर गीतको भिडियो नेपाली पन झल्कने एक उत्कृष्ट भिडियो रहेको सहभागीहरुको भनाई थियो । आकाश चेपाङ तथा सुष्मा रुपाखेतीको आवाजमा सजिएको गीतमा दिवस पाण्डे, कृसा लम्साल, टिना शाही ठकुरी र कमल लगायतका कलाकारहरुको मोडलिङ देख्न सकिन्छ । गीतमा शब्द संगित पनि आकाश चेपाङकै रहेको छ ।

https://drive.google.com/file/d/0B86fDEIbIh_gaHJOM0xYQW5xSmM/view

About The Author

अन्य समाचारहरु: