Tue. Nov 26th, 2024

चोक चोकमा हुन्डी दलाल, नेपाल पठाउन उठाएको तीन कराड लिएर फरार

hundi-e1434246194128
१५ चैत, काठमाडौं – दक्षिण कोरियाका चोक चोकमा नेपाली अवैधानिक हुन्डी दलालको बिगबिगी छ ।

सस्तो दररेटमा रकम स्वदेश पठाइदिने भन्दै कामदारसँग पेसा उठाउने सब-एजेन्टहरु व्यापक क्रियाशील रहेको पाइएको हो, जसमध्ये अधिकांश एजेन्टले मुख्य दलाल लाई पैसा बुझाउने गर्छन् र उनीहरुले ढिलोचाँडो स्वदेश पैसा पठाइदिन्छन् । 

तर, कतिपय हुन्डी लिडर उठाएको पैसा कुम्ल्याएर भाग्ने या चुपचाप बस्ने गरेका पनि छन् । हालैमात्र एनआरएन कोरियाका सचिव शरणर्थी भिसावाला सोगेन्द्र घले हुन्डीमार्फत सस्तो दरमा नेपाल पैसा पठाइदिन्छु भन्दै करिब ३ करोड नेपाली रुपैयाँ उठाएर फरार भएका छन् । स्रोतका अनुसारउनले उठाएको पैसा सवै क्यासिनोमा हारेका छन् ।

उनी हाल कोरियामा नभएको बुझिएको छ । हुन्डी व्यवसायी बलराम लामिछाने पनि गत वर्षदेखि फरार छन् । उनी पनि कामदारबाट करोडभन्दा बढी उठाएर बेपत्ता भएका हुन् ।

कोरियाका एनआरएन प्रतिनिधि, एनसीसी प्रतिनिधि, व्यवसायी, शरणर्थी, भिसाबाहक , अवैधानिक , सामाजिक तथा राजनीतिक क्रियाकलाप मा संलग्न हून्डी व्यवसायमा संलग्न छन् ।कारोबारबाट

About The Author

अन्य समाचारहरु: