१५ चैत, काठमाडौं – भारतले लगाएको नाकाबन्दी खुलेको डेढ महिना हुन लाग्दा पनि बजारमा खाना पकाउने ग्यास सहज हुन सकेको छैन ।
इन्डियन आयल कर्पोरेसन बाट ८० प्रतिशतको हाराहारीमा ग्यास आपूर्ति भए पनि उपभोक्ताले पाउन सकेका छैनन् । वाणिज्य, आपूस्र्ति तथा व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमनमा क्रियाशिलता बढाएका छन् ।
नेपाल प्रहरीले कालोबजारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुरका इन्धन डिपो तथा पम्पमा सादा पोसाकका जनशक्ति परिचालन गरेको छ । विभागका महानिर्देशक गोकुल धितालले स्थानीय प्रशासन र नेपाल प्रहरीको सहकार्यमा कालोबजारी गर्नेलाई अनुगमन गरी कारबाही गरिएको बताए ।
नाकाबन्दीले गर्दा एकैपटक लाखौं सिलिन्डर खाली भएकाले अभाव पूर्ति गर्न समय लागेको बताउँदै उनले आपूर्ति बढाउनु नै उत्तम विकल्प भएको बताए ।
कारोबारबाट