Tue. Mar 18th, 2025

धादिङमा इस्टर सण्डे मनाइयो

jesus-on-the-cross१४ चैत,  धादिङ – आज इस्टर सण्डे अर्थात प्रभ येसु ख्रिष्टको पुनरुत्थान भएको दिनको सम्झनामा नेपाल सहित बिश्वभर हर्सोल्लासका साथ मनाइएको छ ।

आज भन्दा २००० बर्ष अघि शुक्रबारको दिन प्रभु येसु ख्रिष्टलाई क्रुसमा झुण्डाई मृत्युदण्ड दिई चिहानमा राखिएको र तेसा्रे दिन अर्थात आइतबारको दिनमा मृत्यु बाट पुन : जिबित भएको र सारा मानिसलाई बिजय दिएको सम्झनामा सो दिबस मनाइने गरिन्छ ।

इस्टर सण्डको अवसरमा आइतबार धादिङको बैरेनी गाउँ बिकास समिति वडा नम्वर ९ महेशदोभानमा इस्टर सण्डे बिशेष कार्यक्रम सम्पन्न भएको छ । धादिङ ईसाइ समाज क्षेत्र नम्वर ३का अध्यक्ष अष्टराम रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व स्थानिय बिकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्य र जनजागरण पार्टी नेपालका अध्यक्ष लोकमणि ढकालको बिशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले सबै धर्मलाई समान अबसर दिने खालको सबिधान बनाउन सफल भएको जिकिर गरे । फरक प्रसङ्गमा बोल्दै उनले आधिकारीक चिहानको लागि जग्गा उपलब्ध गराउन आफुले बिशेस पहल गर्ने बताए ।

About The Author

अन्य समाचारहरु: