Tue. Mar 18th, 2025

नेपाल र मलेसियाको खेल बराबरीमा सकियो

Nepal-national-football-team_284125142१४ चैत,धादिङ – मलेसियामा भएको यु–२२ फुटबल खेलमा नेपाली राष्ट्रिय फुटबल टोली र मलेसियाको राष्ट्रिय फुटबल टोलीको खेल बराबरीमा सकिएको छ ।

मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा आइतबार भएको खेलमा १-१ को बराबरीमा खेल खेलेका हुन् । नेपालका लागि भरत खवासले ३६ औं मिनेटमा गोल गरेका थिए । खेलको ८७औं मिनेटमा मलेसियाली लाडीले गोल फर्काएका थिए ।

नेपालले यसअघि भारतमा सम्पन्न बाह्रौं दक्षिण एसियाली खेलकुद ९साग० र बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

About The Author

अन्य समाचारहरु: