Tue. Mar 18th, 2025

सौराहामा चेपाङ संग्रहालय विस्तार गरिने

chepang-samagari१४ चैत, चितवन – चितवनको सौराहामा चेपाङ संग्रहालय विस्तार गरिने भएको छ । चितवनमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रले स्थापना गरेको चेपाङ संग्रहालय पर्यटकीय नगरी सौराहामा विस्तारर गरिन लागेको हो ।

केन्द्रको आइतकार सम्पन्न दोश्रो साधारण सभाले केन्द्रमा रहेको संग्रहालयलाई सौराहामा विस्तार गर्ने प्रस्ताब पारित गरेको हो । केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुको भरणपोषणको लागि आर्थिक जुटाउन सौराहामा संग्रहालय बिस्तार गर्न लागिएको केन्द्रका अध्यक्ष केपिकरण शर्माले जानकारी दिए ।

सौराहाको मुख्य बजार नजिक संग्रहालय निर्माण गरेर पर्यटकलाई अबलोक गर्ने व्यवस्था मिलाउने योजना रहेको उनले बताए । संग्रहालय अबलोकन गरेबापत पर्यटकले तिर्ने शुल्क चेपाङ वालवालिकाको भरणपोषणमा खर्च गरिने अध्यक्ष शर्माले बताए । व्यवसायीहरुले हात्ती सफारी,जीप सफारी,डुंगा सयर,थारु संस्कृतिको अबलोकनलाई प्याकेज कार्यक्रम बनाएर पर्यटकलाई सेवा दिदै आएका छन । संग्रहालयमा चेपाङ जातीले प्रयोग गर्ने आदिमकाल देखिका ५३५ वटा सामाग्रीहरु राखिने छ ।

संग्रहालयमा चेपाङ जातीले जीविकोपार्जनको लागि प्रयोग गर्ने र धार्मिक तथा साँकृतिक महत्व बोकेका पुरात्तीक समानहरु राखिने भएकाले पर्यटकका लागि आर्कषणको विषय बन्ने अध्यक्ष शर्माले बताए । चेपाङ संग्रहालयलाई पनि व्यवसायीहरुसंग सहकार्य गरेर प्याकेज कार्यक्रमको रुपमा स्थापित गर्ने योजना रहेको अध्यक्ष शर्माले बताए । सौराहामा आउने पर्यटक मध्य ८० प्रतिशतलाई चेपाङ संग्रहालयको अबलोकन गराउने प्रारम्भिक योजना रहेको उनले बताए ।

About The Author

अन्य समाचारहरु: