Thu. Mar 6th, 2025

सुजाता कोइराला चीन प्रस्थान

Sujata-Koiralaa
१४ चैत,  काठमाडौँ – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला आज चीन प्रस्थान गरेकी छन्।

चीनको जिनानमा यही चैत १७ र १८ गते हुने ‘पर्यावरणीय सुरक्षा र मानव स्वास्थ्यसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा’ भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेकी हुन्।

सम्मेलनमा विश्वको वातावरण र प्रदूषणका बारेमा छलफल हुनेछ। दुईदिने उक्त सम्मेलनमा जलवायु विषयका अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागिता रहनेछ ।

कोइराला विश्व जलवायु अनुकूलन र पर्यावरणीय सञ्जालसम्बन्धी महिला समितिको अध्यक्ष समेत हुन् । रासस

About The Author

अन्य समाचारहरु: