Tue. Mar 18th, 2025

धादिङको त्रिपुरेश्वरमा स्काभेटरमा आगजनी

tripureshower vdc dhading१४ चैत, धादिङ – मध्य पहाडि लोकमार्ग अन्र्तगत धादिङको त्रिपुरेश्वर गाँउ विकास समितिको वडा नं १ सुकौराबेसीमा स्काभेटरमा आगजनी भएको छ ।

शनिबार राती १ बजेको समयमा बा १ क ८९२७ नम्बरको स्काभेटरमा आगजनी भएको हो । बाटो मर्मतका लागि रसुवा एसपीए सूर्यजेबी निर्माण कम्पनीले ठेक्कामा काम गरिरहेको थियो ।
प्याकेज नं ७ अन्र्तगत कटुञ्जेदेखि ह्यापिङगेसम्मको बाटो मर्मतको जिम्मा लिएको थियो । स्काभेटर कसले किन जलायो भन्ने कुरा पत्ता नलागेको स्थानीयको भनाई छ । स्काभेटर जलाएपछि बाटो निर्माण कार्य अवरुद्ध भएको छ । मध्य पहाडी लोकमार्ग इलामको पशुपति नगरदेखि सुरु भएर बैतडीको झुलाघाटसम्म १७७६ किलोमिटर पर्दछ ।

About The Author

अन्य समाचारहरु: