Tue. Mar 18th, 2025

क्यान्सर पीडितको सहयोगका लागि साँस्कृतिक कार्यक्रम, १ लाख ५० हजार संकलन

Cancer-cell
१३ चैत,  धादिङ – ब्लड क्यान्सर पीडित धादिङ सत्यदेवीका विरान तामाङको उपचार सहयोगका लागि शनिबार धादिङबेसीमा विशेष साँस्कृतिक कार्यक्रमको गरिएको छ ।

ब्लड क्यान्सर पीडित धादिङ सत्यदेवीका विरान तामाङको उपचारमा सहयोग गर्नका लागि वृहत मेन्दोमाया साँस्कृतिक कार्यक्रम गरिएको हो ।

मेन्दोमाया कलाकार संघ नेपालले गरेको कार्यक्रममा १ लाख ५० हजार रुंपैया नगद संकलन गरिएको छ । केही समयअघिदेखि ब्लड क्यान्सर बाट पीडित विरान तामाङ अहिले सिभिल हस्पिटल, काठमाण्डौंमा उपचार गराउदै छन् ।

उनको आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएकोले विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले उहाको उपचारको लागि विभिन्न प्रयास गरिरहेका छन् । संघले चेत्र २० गते नुवाकोट त्रिशुली पनि साँस्कृतिक कार्यक्रम गर्ने आयोजकले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: