Tue. Mar 18th, 2025

धादिङको सांघुटारमा भुकम्प शान्ति महायज्ञ हूँदै

mahayagyaअस्मिता खतिवडा / १३ चैत, धादिङ – आगामी चैत १७ गतेदेखि २४ गतेसम्म निलकण्ठ ८ सांघुटार धादिङमा भुकम्प शान्ति महायज्ञ हुने भएको छ ।

महायज्ञका लागि तीव्र तयारी गरिएको छ । तयारी अनुरुप शनिबार १ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

त्यस्तै महायज्ञलाई सभ्य र भव्य रुपले सम्पन्न गर्नको लागि पुजा व्यवस्थापन समिति, आर्थिक समिति, मञ्च व्यवस्थापन समिति, स्वयंव सेवक समिति, अतिथी संत्कार समिति, प्राथमिक उपचार समिति, संचार समिति, खानपान तथा पानी व्यवस्थापन समिति तथा नैवेध व्यवस्थापना समिति लगायतका विभिन्न उपसमितीहरु समेत गठन गरिएको प्रचारप्रसार समितीका संयोजक तुजप्रसाद लामिछानेले जानकारी दिइ ।

विश्व शान्ती केन्द्र नेपाल तथा ओमकार राधा कृष्ण एकादशी संस्थाको संयुक्त आयोजनामा तथा साँघुरटार टोल सुधार समिती, अमरावती सामुदायिक वन उपभोक्ता समिति र ज्योतिष परिषद् धादिङको सहयोगमा महायज्ञ संचालन गर्न लागिएको हो । महायज्ञमा सुमधुर स्वरका धनी युवा पण्डित कपिलदेव भट्टले कथा वाचन गर्ने आयोजक समितिले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: