१३ चैत, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको लिशंखु निवासी ८५ वर्षीय लालबहादुर लामा आफ्नो गाउँमा जिल्लाका सरकारी कार्यालयका प्रमुख (हाकिम) आउने जथाहा पाएपछि लौरो टेक्दै घ्याङडाँडा पुगे। गाउँमै यसरी पहिलो पटक हाकिम आउने थाहा पाएपछि नातिलाई सँगै लिएर दुईवटा माला पनि साथै ल्याएका थिए, उनले।
पञ्चायती व्यवस्थमै एकपटक सदरमुकाम पुगेर सरकारी प्रमुखहरु भेटेका लामाले त्यसपछि गाविस सचिवबाहेक जिल्लाका ठूला सरकारी प्रमुखलाई गाउँमा देखेका थिएनन्। सदरमुकाम चौताराबाट ९० किलोमिटर पूर्वमा पर्ने लिशंखुमा यसै साता प्रमुख जिल्ला अधिकारी (सीडीयो) सहितका कार्यालय प्रमुखहरुको टोली पुगेको थियो।
सिन्धुपाल्चोकको दुगर्मम र अन्तिम गाविस लिशंखुमा २० वर्षपछि प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालयका प्रमुखहरु पुग्दा स्थानीय दंग भए। उनीहरुले हाकिमको राम्रैसँग सवागत गर्दै आफ्ना गुनासा पनि खुलेर राखेका थिए।
तामाङ समुदायको बाहुल्यता रहेको पर्यटकीय गाउँ लिशंखुमा लामो समयपछि जिल्लाका प्रमुख आउने थाहा पाएपछि स्थानीयले ठाउँठाउँमा स्वागतद्वार बनाएका थिए। पञ्चेबाजा र स्थानीय तामाङ संस्कृतिले कार्यालय प्रमुखदहरुलाई भव्य स्वागत गरे। राजधानी दैनिकबाट