१२ चैत, धादिङ – धादिङको नौविसे गा.वि.स.को बडा नं ६ का महिलाहरुलाई महिला हिंसा अन्त्य तथा महिलाको न्यायमा पहुँच विषयक १ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।
अमेरिकन जेविसको सहयोगमा सहयात्री समाजद्धारा संचालित तालिममा विभिन्न आमा समूहका ३० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा घरेलु हिंसा सम्बन्धी कानुन र मनोसामाजिक समस्या सम्बधमा छलफल गरिएको थियो ।
कार्यक्रमका सहभागीहरुले आफुहरुलाई आइ परेका घरेलु हिंसा तथा मनोसामाजिक समस्याका बारेमा जिज्ञासा राखेका थिए । साथै उनीहरुले भुकम्प पछि समाजमा घरेलु हिंसाका धेरै हुने गरेको बताएका थिए । समाजले मनोसामाजिक समस्या भन्नाले गलत रुपमा लिने गरेको र यस्ता समस्याको पहिचान गर्ने भएपनि धेरै नै समस्याहरु देखिने गरेको बताएका थिए ।
कार्यक्रमको सहजीकरण सहयात्री समाज नेपालका लैङ्गिक हिंसा विरुद्धको सम्पर्क विन्दु गोमा अर्याल र मनोसामाजिक विमर्शकर्ता रजनी थापाले गरेकि थिइन् ।