१२ चैत, धादिङ – प्रयास नेपाल धादिङ र अक्फामको साझेदारीमा संचालन गरिएको कामका लागि नगद कार्यक्रमको निरीक्षण गरिएको छ ।
जिल्ला विकास समिति धादिङका योजना अनुगमन तथा प्रशासकिय अधिकृत युवराज अर्याल, सुचना अधिकृत भोला गौतम, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, अक्सफामका कर्मचारीहरु, कुम्पुर गाविसका स्थानिय राजनितिक दलका पार्टी प्रतिनिधिहरु, पत्रकारहरुको एक समुहले शुक्रबार निरिक्षण गरिएको हो ।
प्रयास नेपाल धादिङ र अक्सफामको साझेदारीमा कुम्पुर गाविसमा गोरेटो बाटो, खानेपानी ममर्त, सामुदायिक भवन निर्माण लगायतका कार्य भईरहेको छ । यी कार्यका लागि गाविसको २६ सय घरधुरी मध्ये १२ सय ५० घरधुरीले ६४ ओटा समुह बनाएर काम गरिरहेका छन् । यसबाट आफ्नो गाउँको विकास पनि हुने, पैसा पनि पाउने भएपछि स्थानीयहरुको उल्लेख सहभागीता देखिएको छ ।
पुरुषको तुलनामा महिलालाई कम ज्यालामा काम लगाईन्थ्यो तर अहिले कामका लागि नगद कार्यक्रम गाउँमा संञ्चालन भएपछि महिला पुरुषलाई ज्यालामा समान भएसँगै बाटा मर्मतको काम छिटो भएको र गोठालो मेलापात गर्न जान धेरै सजिलो भएको स्थानीयको भनाई छ ।
बाटोघाटो निर्माणसँगै स्थानीयहरु खुसी भएका छन् । कुम्पुरका स्थानीयले ढुङ्गा खानीबाट ढुङ्गा काटेर जिविकोपार्जन गर्दै आएका थिए त्यो खानी पनि भुकम्पले पुरिएपछि स्थानीयहरु बेरोजगार जस्तै बनेका थिए । तर अहिले कामका लागि नगद कार्यक्रम गाउँमा संञ्चालन भएपछि अधिकांसले रोजगार पाएको कुम्पुर गाविस वडा नम्बर ८ का सन्तबहादुर गुरुङको बताए ।