Tue. Mar 18th, 2025

हेटौ‌ंडामा बस पल्टियो, ४४ जना घाइते

makawanpur-Hetauda
१२ चैत,  हेटौडा –मकवानपुरको गढी गाविसको मक्रानचुलीबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ ख ६१८० नंको बस हेटौँडा उपनगरपालिका–५ पिप्लेकुनामा आज दिउँसो अनियन्त्रित भई पल्टिँदा ४४ जना यात्रु घाइते भएका छन् ।

ती घाइते यात्रुहरुको स्थानीय प्रहरीले उद्धार गरी हेटौँडा अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गम्भीर तीनजना घाइतेलाई भने थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा पठाइएको जिल्ला प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो बस तीव्र गतिका कारण अनियन्त्रित भई डाँडाबाट करिब १० फिट तल खेतमा खस्दा उक्त दुर्घटना भएको घाइते यात्रुले बताएका छन् । रासस

About The Author

अन्य समाचारहरु: