१२ चैत, धादिङ – धादिङको सल्यानकोट गाउँ विकास समितिमा निर्माण गरिएको दुई कोठे दुई वटा अर्धस्थाई भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
एएआर जापान र चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङको साझेदारीमा निर्माण भएको भवनको एक कार्यक्रमको बीच विद्यालयलाई हस्तान्तरण गरिएको हो । वैशाख १२ गतेको विनाशकारी भुकम्पले विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरुको पठन पाठन प्रभावित हुँदै आएको थियो । भुकम्प प्रभावित विद्यालयहरु मध्ये अतिनै प्रभावित विद्यालय पहिचान गरेर विद्यालयको भवन निर्माण गरीएको सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताए । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद सिंखडाको अध्यक्षता, एएआर जापानका निमित्त कन्ट्री डाईरेक्टर ताकेसी ईकेदाको प्रमुख आतिथ्य र सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीको विषेश आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यावस्थापन सकितिका सदस्यहरु, अभिभाव, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ईकेदाले अब विद्यार्थीहरुले ढुक्क सँग पढ्न पाउने भएका छन् । घरका अभिभावकलाई चिन्ता नलिन आग्रह गरे । भवन भित्र बसेर पर्दा कुनै जोखीम नहुने भन्दै विद्यार्थीहरुलाई पढेर देशको विकासमा लाग्नको लागी आग्रह गरे । यसैगरी विषेश अतिथी गोकर्ण रुपाखेतीले सिड्स धादिङले जिल्लाको शैक्षिक गुणस्तर बृद्धि गर्नको लागी अहम भुमिका खेलीरहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने बताए । भवनको अभाव हुँदा अस्थाई भनमा पढाउन समस्या भएको विद्यालयका प्रधानाध्यापक अर्जुन बहादुर नगरकोटीले बताए । रोटको छेउमा विद्यालय भएको कारण गाडी आउँदा १५ मिनेट सम्म कक्षा प्रभावित हुने बताए । रोडमा गाडी गुड्दा धुलो जति सबै कक्षा कोठामा आउथ्यो, हामीले १५ मिनेट कक्षा लिन सकिदैनथ्यो । अब अलिकती भने पनी सहज हुने भएको छ । रिवन काटेर भवनको उद्घाटन पश्चात प्रमुख अतिथी र विषेश अतिथीले विद्यालयका प्रधानाध्यापकलाई साँचो दिएर विद्यालय हस्तान्तरण गरेक थिए ।
यसैगरी विद्यालयको भवन निर्माण गरेको भन्दै विद्यालय पनि दोसल्ला र कदर पत्रको साथ एएआर जापान र सिड्स धादिङलाई सम्मान गरेका थिए । यसैगरी सल्यानकोट गाउँ विकास समिति वडा नम्बर ३ स्थित सल्यानकोट त्रिपुरा सुन्दरी उमाविमा निर्माण गरिएको अर्ध स्थाई विद्यालय भवन पनि विद्यालयलाई हस्तान्तरण गरीएको छ । दुखमा साथ दिएको भन्दै शिक्षक र अभिभावकहरुले धन्यवाद दिएका थिए । विद्यालयमा नयाँ भवन बनेपछी विद्यार्थीहरु पनि खुसि भएका छन् । सिड्स धादिङ र एएआर जापानको साझेदारीमा जिल्लामा ४३ वटा अर्ध स्थाई विद्यालय भवन निर्माण भएकोे छ ।