Sat. Nov 16th, 2024

सामाजिक परिचालक आवश्यकता

prayas nepal logo

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र गरिबी निवारण कोषसँगको साझेदारीमा धादिङ जिल्लाको ३ गाउँ विकास समितिमा बिगत बर्ष सामुदायिक विकासका लागि शसक्तिकरण कार्यक्रम संचालन हँुदै आइरहेको छ । यस कार्यक्रमको भूमेस्थान गाउँ विकास समितिमा कार्य गर्ने गरी सामाजिक परिचालक करारमा नियुक्ति गर्नुपर्ने भएको भूमेस्थान गाउँ विकास समितिसँग समन्वय,सहकार्य र समुदायमा  सेवा गर्ने मनोभावना भएको नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण (CV) र निवेदन सहित २०७२ चैत्र १७  गते भित्रमा तल उल्लेखित ठेगानामा दरखास्त आह्वान गरिएको छ । म्याद नाघि आएको र रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौटमा परेका उमेद्वारलाई मात्र लिखित परीक्षामा समावेश गराईनेछ ।
        
विज्ञापन नं    : ३१/०७२—०७३
आवश्यक पद    : सामाजिक परिचालक          आवश्यक संख्या    : १ जना
प्रमुख जिम्मेवारीहरुः
    प्रयास नेपाल धादिङले गरिबी निवारण कोषको साझेदारीमा संचालन हुने सामुदायिक विकासका लागि शसक्तिकरण  कार्यक्रममा सामाजिक परिचालन गर्ने ।
    प्रयास नेपाल धादिङको गरिबी निवारण कोषको साझेदारीमा संचालन हुने सामुदायिक विकासका लागि शसक्तिकरण कार्यक्रम संचालन प्रक्रिया र तरिका  बारे समुदायमा सुचना गर्ने ।
    तोकिएको गाविसको वडा/टोल बस्तीहरु पहिचान गरी सामुदायिक संस्था गठन वा पहिचान गर्ने
    सामुदायिक संस्था गठन,नियमित बैठकमा सहजिकरण  गर्ने ।
    सामुदायिक संस्था तहमा तालिम संचालन गर्ने, सामुदायिक संस्थाहरुमा सहभागितात्मक योजना तर्जुमा,अनुगमन एवं मूल्याङ्न गर्ने परिपाटीको थालनी गर्न सहयोग गर्नु पर्नेछ ।
    सामुदायिक संस्थाहरुमा घुम्तिकोष परिचालन गर्न र व्यवस्थापन गर्न सहयोग गर्ने ।
    मासिक,त्रैमासिक,अर्धवार्षिक कार्र्यको प्रतिवेदन, तयार गर्ने ।
    गाविसमा कार्यरत अन्य संघ संस्थाहरु,सरकारी निकायसँग सम्र्पक र समन्वय  गर्ने ।
    कार्यक्रम संयोजकले अहा्रएको संस्थाको अन्य काम संचालन गर्ने ।
    लेखाव्यवस्थापन,समूह व्यवस्थापन,घुम्तिकोष परिचालन,दिगो जिविकोपार्जन लगायतका विषयको तालिमहरु सहजीकरण गर्ने ।
    गाउँ विकास समिति र प्रयास नेपाल धादिङको समन्वयमा समुदायमा संचालित अन्य कार्यक्रमहरुको अनुगमन गर्ने ।
आवश्यक शैक्षिक योग्यता र अन्य सीपः
    कम्तीमा एस.एल.सी उतिर्ण गरी क्षेत्रमा ३ बर्ष काम गरेको अनुभव भएको
    आय आर्जन क्षेत्रमा कम्तीमा २ देखि ३ वर्षको समुदायमा रहेर काम गरेको अनुभव भएको ।
    समुदाय परिचालन र सहजिकरण  गरी छलफल चलाउने सीप भएको
    स्थानीय शासन ऐन तथा नियमावलि र बाल मैत्री स्थानीय शासन सम्बन्धमा दखल भएको
    एकाई प्रतिवेदन लेखनमा राम्रो दखल भएको
    कम्प्युटर सीप भएको (नेपाली अंग्रजी टाईप राम्रोसँग गर्न सक्ने)
    समुदायमा सम्वन्ध बिस्तार गर्ने सिप र योजना सहभागितात्मक योजना तर्जुमाको ज्ञान र सीप भएको
    दुर्गम क्षेत्रमा रहेर काम गर्न सक्ने र चाहाने ।
परिक्षाको किसिम     : लिखित, प्रयोगात्मक र अन्तवार्ता हुनेछ ।
दरखास्त बुझउने ठेगाना     :  प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ
करार अवधि     : ०७३ असार मशान्तसम्म, कार्य क्षमताको आधारमा थप गर्न सकिने छ ।
पारिश्रमिक     :  संस्थाको नियम अनुसार हुनेछ ।
दरखास्त बुझाउने अन्तिम मितिः २०७२ चैत्र १७ गते ४ः०० बजे सम्ममात्र
(नोटः स्थानीय र जनजाति, दलित र अनुभवीलाई प्राथमिकता दिईनेछ । पदपुर्ति सम्बन्धि सम्पूर्ण अधिकार प्रयास नेपाल धादिङमा निहित रहनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिनेछ ।)
        पदपुर्ती समिति,    प्रयास नेपाल धादिङ

About The Author

अन्य समाचारहरु: