प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका(सिविस)को आर्थिक तथा प्राबिधिक सहयोगमा धादिङ्ग जिल्लाका ५ वटा गाविसहरुमा संचालन हुने आफ्नो घर,आफनै परिवार कार्यक्रम लागि १ जन कार्यक्रम संयोजक र ५ जना सामाजिक परिचालक र १ जना लेखापाल करारमा नियुक्ति गर्नुपर्ने भएको हुँदा नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण सहित सुचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र तल उल्लेखित ठेगानामा दरखास्त आह्वान गरिएको छ । म्याद नाघि आएको र रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौटमा परेका उमेद्धारलाई मात्र परीक्षमा समावेश गराईनेछ ।
तपसिल
विज्ञापन नं :– २८,०७२÷०७३
पद : सामाजिक परिचालक
संख्या :५
प्रमुख जिम्मेवारीहरुः
बिद्यालय व्यवस्थापन र बिद्यालयको शैक्षिक विकासका लागि विषयहरुको सवाल उठान तथा सहजीकरण गर्ने,
शैक्षिक परामर्श तथा तालीममा सहजिकरण गर्ने,
बाल मैत्री शिक्षा तथा कक्षा कोठा व्यवस्थापन र मासिक तथा वार्षिक कार्ययोजना बनाउन सहजीकरण र कार्यान्वयनमा प्राविधिक सहयोग,
दिगो पूर्वाधार निर्माण लगायत विभिन्न विषय सम्वन्धि तालिमहरु सहजीकरण गर्ने,
समावेशी बाल क्लब गठन तथा पूर्नगठन र परिचालन र अनुगमन गर्ने,
शैक्षिक विकासका लागि समुदाय परिचालन गर्न बिद्यालयलाई सहयोग गर्ने,
मासिक प्रतिवेदन तयार गर्ने,
स्थानीय स्तरका संघसंस्थासंग समन्वय र सहकार्य गर्ने ।
योग्यता :
– बालअधिकार बालसंरक्षण सम्बन्धमा ज्ञान र सीप भएको
– शिक्षा : मानविकी संकायमा प्रविणता प्रमण पत्र तह उत्र्तिण भई सामाजिक परिचालकको क्षेत्रमा क्षेत्रमा ३ वर्षको कार्य अनुभव भएको
– शिक्षा,स्वास्थ्य आय आर्जनका क्रियाकलाप संचालन सम्बन्धि अनुभव भएको
– समुदाय परिचालन,सहजिकरण सीप भएको
– प्रतिवेदन लेखनमा राम्रो दखल भएको
– कम्प्युटर सीप भएको (नेपाली अंग्रजी टाईप राम्रोसँग गर्न सक्ने,)
– समूहमा रहेर कार्य गर्न सक्ने तथा स्थानीय परिवेशमा घुलमिल हुन सक्ने
– दुर्गम क्षेत्रमा रहेर काम गर्न सक्ने
विज्ञापन नं :– २९ ,०७२÷०७३
पद : कार्यक्रम संयोजक
संख्या : १
मुख्य जिम्मेवारीहरुः
आफ्नो घर,आफनै परिवार कार्यक्रम योजना,कार्यान्वयन र मुल्यांकनमा नेतृत्व गर्ने,
बिद्यालयहरुमा बालमैत्री कार्यक्रमहरु संचालन गर्ने
बिद्यालय मर्मत सम्भार सम्बन्धि कार्यक्रमहरु संचालन र सहजीकरण गर्ने,
बालमैत्री बिद्यालय र बालमैत्री स्थानीय शासन तथा बर्तमान शिक्षा ऐनको परिधिमा रहि बिद्यालयहरुलाई सहयोग गर्ने ।
समुदायमा आधारित बालसंरक्षण लगायत अन्य बाल अधिकार परामर्शसँग सम्वन्धित कार्यक्रमहरु संचालन गर्ने ।
मासिक,त्रैमासिक र बार्षिक प्रतिवेदन तयार गर्ने ।
वालक्लव, शिक्षक अभिभावक संघ,व्यवस्थापन र नेटवर्कहरु परिचालन साथै सुशासन पद्धती विकास गर्ने ।
जिल्ला तथा गाउँ विकास समिति स्थित सरोकारवालाहरुसंग सम्पर्क समन्वय गर्ने ।
योग्यता
– बालअधिकार बालसंरक्षण,बाल मैत्री सम्बन्धमा ज्ञान र सीप भएको
– स्नातक तह उत्र्तिण भई बालबालिकाको अधिकारको क्षेत्रमा ३ वर्षको कार्य अनुभव प्राप्त
– शिक्षा,स्वास्थ्य आय आर्जनका क्रियाकलाप संचालन सम्बन्धि अनुभव भएको
– समुदाय परिचालन,सहजिकरण सीप भएको
– परियोजना प्रस्ताव लेखन र प्रतिवेदन लेखनमा राम्रो दखल भएको
– कम्प्युटर सीप भएको (नेपाली अंग्रजी टाईप राम्रोसँग गर्न सक्ने,MS World, Excel , power point मा राम्रो दक्षता भएको)
– समूहमा रहेर कार्य गर्न सक्ने
– दुर्गम क्षेत्रमा काम गर्न सक्ने
विज्ञापन नं :– ३०,०७२/०७३
पद : लेखा अधिकृत संख्या ः १
प्रमुख जिम्मेवारीहरुः
दैनिक लेखापालको रुपमा काम गर्ने । संस्थाको आर्थिक नियमावलिलाई कार्यान्वयन गर्ने ।
मासिक तथा वार्षिक कार्ययोजना र कार्यान्वयनमा आर्थिक व्यवस्थापन गर्ने ।
सामाग्री खरिद दाखिला,निकाशा,तथा ढुवानीका साधन व्यवस्थापन गर्ने ।
कार्यक्रममा कार्यरत कर्मचारी तथा संस्थाका पदाधिकारीहरुसँग समन्वय,सहकार्य गर्ने ।
बजेट कार्यान्वयन योजना तथा मासिक,त्रैमासिक प्रतिवेदन तयार गर्ने ।
कार्यक्रमसँग समन्वय र मावबीय जनशक्ति परिचालन ज्ञान सीप विकासमा सहयोग गर्ने
योग्यता
– लेखा तथा सामाग्री व्यवस्थापन सम्बन्धमा ज्ञान र सीप भएको
– व्यवस्थापन बिषयमा स्नातक तह उत्र्तिण भई लेखा व्यवस्थापन क्षेत्रमा २ वर्षको कार्य अनुभव प्राप्त वा व्यवस्थापन बिषयमा प्रमाण पत्र तह उत्र्तिण भई लेखा व्यवस्थापन क्षेत्रमा ५ वर्षको कार्य अनुभव
– सामाग्री खरिद,स्टोर व्यवस्थापन,वितरण अनुभव भएको ।
– टीम परिचालन तथा सहजिकरण सीप भएको ।
-लेखा सफ्ट्वायर संचालन सम्बन्धि ज्ञान तथा सीप भएको
– कम्प्युटर सीप भएको (नेपाली अंग्रजी टाईप राम्रोसँग गर्न सक्ने,MS World, Excel , power point मा राम्रो दक्षता भएको)
परिक्षाको किसिम : लिखित,प्रयोगात्मक र अन्तवार्ता
दरखास्त बुझउने ठेगाना : प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ
ईमेल [email protected]
करार अवधि : १ बर्ष कार्य क्षमताको आधारमा थप गर्न सकिने छ ।
पारिश्रमिक : संस्थाको नियम अनुसार हुनेछ ।
दरखास्त बुझाउने अन्तिम मिति ः २०७२ चैत्र १७ गते २ ः०० बजे सम्म मात्र
(नोट ः स्थानीयलाई प्राथमिकता दिईनेछ । पदपुर्ति सम्बन्धि सम्पूर्ण अधिकार प्रयास नेपाल धादिङमा निहित रहनेछ । टेलिफोन सम्र्पकलाई निरुत्साहित गरिनेछ । )
पदपुर्ती समिति
प्रयास नेपाल धादिङ