१२ चैत, काठमाडौं – सहरका सडक उज्यालो पर्ने अभियानअन्तर्गत काठमाडौं महानगरपालिकिामा ६७ करोडको रुपैयाँ मूल्य बराबरको सडक बत्ती राख्न आवेदन परेको छ ।
सरकाले ‘उज्यालो सडक अभियान ‘ अन्तर्गत महानगरपालिकाले महिना दिन लगाएर आवेदा संकलन गरेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार महानगरपालिका भित्र एक सय ४१ निवेदन परेको थियो । निवेदन अनुसार महानगरपालिका भित्र मात्रै ५ हजार ४ सय ७४ वटा सौर्य बत्ती माग भएको छ ।
महानगरपालिकाले माग गरिएका सौर्यवत्तीका सबै बिबरण स्थानीय विकास मन्त्रालय पठाइसकेको छ । मन्न्त्रालयले मागबमोजिमको बजेट निकास गर्न अर्थ मन्त्रालयमा पठाउने योजना बनाएको छ ।
उपसचिव चिरञ्जीवी तिमल्सिनाका अनुसार चैत मसान्तसम्ममा मागबमोजिमको बजेट निकासा गर्न अर्थ मन्त्रालयलाई आग्रह गरिनेछ । बजेट निकासा भएलगत्तै सौर्यवत्ती जडानको काम अघि बढ्नेछ ।
नयाँ पत्रिकाबाट