Tue. Mar 18th, 2025

महिला तथा किशोरी हिंसाको विषयमा छलफल

prayas nepal११ चैत, धादिङ – महिला तथा किशोरी हिंसाको विषयमा बिहिबार सदरमुकाम धादिङबेसीमा छलफल गरिएको छ ।

प्रयास नेपाल धादिङ र इनफ्यान्टस् डोभलोपमेन्टको साझेदारीमा संचालित कार्यक्रम धादिङको धुषा, जोगीमारा, महादेशस्थान, पीडा र गजुरीमा संचालन भइरहेको छ ।

कार्यक्रममा इनफ्यान्टस् डोभलोपमेन्टका कन्ट्री डाइरेक्टर बेनि, प्रयास नेपालका कार्यक्रम संयोजक उमेश कंडेल लगायत जिल्लामा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले गरेका कार्यहरुको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । प्रयास नेपाल धादिङका अध्यक्ष उषा विकको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यलय धादिङका निमिक्त प्रमुख इश्वरी मल्ल, जिल्लामा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

जिल्ला प्रहरी कार्यलय धादिङद्धारा संचालित महिला सेलका अनुसार जिल्लामा हाल ८५ बटा घरेलु हिंसा, ७५ वटा लैङिगक हिंसाका घटनाहरु भएका छन् । त्यस्तै १९ वटा बलात्कारका घटना, २३ वटा मानव बेचविखनका घटना र ८ वटा बहुविवाहका घटनाहरु भएको तथ्याङमा उल्लेख गरिएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा अहिले बलात्कारका घटनाहरु बढी रहेको पनि कार्यक्रममा जानकारी गराइएको छ ।
प्रयास नेपालले बिगत १५ वर्षदेखि जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए । चेपाङ किशोरीहरुको अवस्था तथा समस्यालाई मध्यनजर गर्दै शिक्षाको क्षेत्रमा बढी महत्व दिएको बताइएको छ ।

About The Author

अन्य समाचारहरु: