११ चैत, धादिङ – धादिङ समाज दक्षिण कोरियाको ५ औँ अधिवेशन तथा भेला आगामी अप्रिल ३ मा हुने भएको छ । संस्थाको निर्णय अनुसार नेपाल हाउसमा गर्ने निर्णय गरेको हो ।
धादिङ समाज दक्षिण कोरियाले आफ्नो स्थापना काल देखिनै हरेक बर्षको सलनालमा गर्दै आईरहेको बृहत भेला तथा संस्थाको अधिबेशन यस पटक भने विविध कारणले गर्दा केहि समय पछि सरेको हो ।
समाजले कोरियामा रहेका सम्पूर्ण धादिङबासीलाई अनुरोध गरेका छन् । समाजद्वारा जिल्लाको सदरमुकाम धादिङबेसीमा निर्माणाधिन सार्वजनिक शौचालय निर्माणमा सहयोग पु¥याउने दाताहरुलाई सम्मान गरिने पनि जानकारी गराइएको छ