१० चैत, धादिङ – धादिङको फूलखर्क गाँउ विकास समिति वडा नं २ मा रहेको मण्डली उच्च माध्यमिक विद्यालयमा निर्माण गरिदै गरेको भवनको ढलानको फर्मा निकाल्ने क्रममा ३ जना अष्ट्रेलियन नागरिक सहित ६ जना घाइते भएका छन् ।
घाइतेहरु मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेहरुमा अष्ट्रेलियन नागरिक पिटर लेभी, एलेक्स मेलर र जर्ज ह्याण्डी रहेका छने । त्यस्तै मुलपानी ५ बस्ने ५५ वर्षीय हरि थापा, फूलखर्क ५ बस्ने ४७ वर्षीय कृष्ण अधिकारी र फूलखर्क २ बस्ने ३२ वर्षीय सुन्तु परियार रहेका छन् । घाइतेहरुको उपचारका लािग हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको धादिङका एसपी शरद कुमार खत्रीले जानकारी दिए ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्पले विद्यालयको भवन भत्काएपछि फे्रन्सका नागरिकले विद्यालय निर्माणका लागि सहयोग गरेका थिए ।