Wed. Mar 5th, 2025

घरेलु तथा साना उद्योग महासंघ धादिङको अध्यक्षमा विश्वराम दुवाडी

bishoram duwadi१० चैत,  धादिङ – नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङको अध्यक्षमा विश्वराम दुवाडी चयन भएका छन् ।

महासंघको बुधबार धादिङबेसीमा सम्पन्न १९ औँ साधारणसभा तथा ९ औँ अधिवेशनले आगामी ३ वर्षका लागि दुवाडीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।

कार्यसमिति वरिष्ठ उपाध्यक्षमा हरि घिमिरे, उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी र हरिमाया रायमाझी चयन भएका छन् । त्यस्तै सचिवमा नवराज लम्साल, कोषाध्यक्षमा ठाकुर बुर्लाकोटी चयन भएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङका अध्यक्ष बलराम लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ संचालक समितिका अध्यक्ष जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: