Tue. Mar 18th, 2025

धुन्चेमा भीषण हावाहुरी , जनजीवन प्रभावित

hawa-huri१० चैत, रसुवा  – बुधबार बिहान ६ बजेदेखि चलेको हावाहुरीले रसुवाको सदरमुकाम धुन्चे लगायत आसपासका क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङका अनुसार चर्को हावाहुरीले दर्जनौँ जस्ताका घरहरु उडाएको र बसोबासमा प्रभावित तुल्याएको छ । अहिले स्थानीयवासी सुृुरक्षित ठाउँको खोजी गर्र्दै बसिरहेका छन् ।

अहिले हिँड्डुल गर्ने अवस्था नभएको र हावाहुरीले जस्ताको टहरो र त्रिपाल, टेन्टमा बस्ने हजारौँ बासिन्दा प्रभावित भइसकेका र सबै नागरिकलाई सुरक्षित ठाउँमा बस्न आह्वान गरिएको जिल्ला प्रहरी प्रमुख अवधेश विष्टले बताए।

उता मङ्गलबार अपराह्नदेखि हाकु गाविसको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आएको छैन । हावाहुरीले डढेलो बढ्दै जाँदा हजारौँ हेक्टर वनजङ्गल डढेलोको चपेटामा परेको बताइएको छ । क्षतिको विवरण यकिन भएको छैन । रासस

About The Author

अन्य समाचारहरु: