सरस्वती लम्साल \९ चैत्र धादिङ – आजको होली पर्वमा शान्ति सुरक्षा कायम गर्न धादिङमा ४ सय प्रहरी परिचालन गरीएको छ ।
जिल्ला प्रहरी कार्यलय धादिङले होली पर्वलाई मर्यादित र हर्षोल्लासका साथ मनाउने वातावरण निर्माण गर्न तथा अपराधिक एवं गैह्र कानुनी गतिविधी नियन्त्रण गर्न मातहतका सबै प्रहरी पोष्टहरुलाई निर्देशन दिईएको प्रहरी निरिक्षक भिमलाल भट्टराईले बताए ।
धादिङबेसीमा मात्र २ सय प्रहरी विहानै देखी परिचालन गरीएको छ । चोकचोकमा प्रहरी परिचालन भएका छन् भने गस्तीको रुपमा पनि प्रहरी परिचालन गरिएको छ । चाडपर्वको नाममा महिलामाथी हुने दुव्र्यवहार, रंग दल्ने, फोहोर पानी छ्याप्ने जस्ता कार्यलाई रोक्न प्रहरीले बढी भन्दा बढी स्थानमा पैदल गस्ती, पिकेट डिउटी र रार्जमार्ग क्षेत्रमा चेकिङपोष्ट राखीएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
यसैगरी मादक पदार्थ, लागु पदार्थ सेवन गरी सवारी चालउने, क्षमता भन्दा बढी यात्री बोक्ने र हेल्मेट नलगाई मोटरसाईकल चलाउने जस्ता ट्राफिक नियमनको उल्लघन गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयले होली पर्वलाई सुरक्षित, मर्यादित र हर्षोल्लासका साथ शान्तिपुर्ण रुपमा मनाउने तर्फ सबै नागरिकहरुलाई सजग हुन तथा मनोरन्जनका साथ यस पर्वलाई लिन समेत आग्रह गरेको छ ।
यदि जवरजस्ती लोला हान्ने उच्छृङखल गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिई सार्वजनिध अपराध अन्र्गगत मुद्धा चलाउने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय धादिङले जथाभवी लोला हान्ने तथा गैह्र कानुनी गतिविधी गरे ०१०–५२०१९९ मा फोन गर्न समेत आग्रह गरेको छ ।