९ चैत, धादिङ – परीक्षामा हुने गल्तीलाई कम गर्न र परीक्षाको तयारीबारे धादिङका ३ वटा क्याम्पका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ ।
सह—प्राध्यापक इन्द्रलाल शर्माले जिल्लाका विभिन्न ३ वटा क्याम्पसका विद्यार्थीलाई गत बुधबार देखि छुट्टा छुटै प्रशिक्षण दिएका हुन् । धादिङबेशीमा रहेको निलकण्ठ बहुमुखी क्याम्पस, गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पस र सल्यानटारमा रहेको सल्यानटार क्याम्पसमै पुगेर शर्माले विद्यार्थीलाई प्रशिक्षण दिएका हुन् ।
देख्दा सानो लाग्ने र सामान्य ध्यान दिदाँ मात्रै सुधार गर्न सकिने समस्याका बारेमा उनले विद्यार्थीलाई सिकाएका छन् । कार्यक्रममा सहभागी विद्यार्थीले प्रशिक्षण फलदायी भएको बताए । प्रशिक्षणमा क्याम्पस प्रमुख लगायत क्याम्पस व्यस्थापनका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । शर्माले अहिलेसम्म १६ जिल्लाका ४५ वटा शिक्षा शास्त्रका क्याम्पसहरुमा प्रशिक्षण दिईसकका छन् ।