Tue. Mar 18th, 2025

त्रिपुेश्वर र सत्यदेवीमा लोक गित प्रतियोगिता सम्पन्न

९ चैत, धादिङ–सरसफाई र सम्भावित महाकारीबाट बच्ने उपायको बारेमा जानकारी दिनको लागि धादिङको त्रिपुरेश्व र सत्यदेवी गाउँ विकास समितिमा लोक गित प्रतियोगिता सम्पन्न भएको छ । स्थानीयलाई सरसफाई सम्बन्धी ज्ञान बढाउनको लागि नयाँ ढंगबाट सुचना प्रवाह गर्नको लागि लोक गित प्रतियोगिताको आयोजना गरीएको हो ।

सत्यदेवीमा नौ समूह सहभागी भएकामा वडा नं ३ प्रथम, वडा नंं ५ द्वितीय, वडा नं ९ तृतीय र वडा नंं २ ले सान्त्वना भएका छन् । बिजयी टिमलाइ क्रमशं तीन हजार, रु दुई हजार चार सय, रु एक हजार आठ सय र रु एक हजार दुई सय पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी त्रिपुरेश्वरमा सात समूह सहभागी भएकामा वडा नं ४ प्रथम, वडा नं ३ द्वितीय, वडा नं ९ तृतीय र वडा नं १  सान्त्वना भएको छ ।  अक्सफाम र कोसोक नेपालको साझेदारीमा सत्यदेवी र त्रिपुरेश्वरमा समुदायस्तरमा आठ र १२ विद्यालयमा विद्यालयस्तरको खानेपानी योजना सञ्चालन गरिएको छ भने भूकम्पले क्षति पु¥याएको र अन्य घरमा समेत गरी सबैै घरधुरीमा शौचालय निर्माणका काम सञ्चालन भइरहेको छ ।

About The Author

अन्य समाचारहरु: