८ चैत, धादिङ – उत्तरी धदिङको रि गाविसमा समग्र विकास सेवा केन्द्रको संयोजनमा संचालन भईरहेको सामाजिक परिवार तथा गरिवी निवारण कोषको सहयोगमा संचालित २ वटा सामुदायिक संस्थाहरुको साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले आगामी २ वर्षको लागी नयाँ पदाधिकारी चयन गरेको छ । रि गाविसको वडा नं ६ तामेमा रहेको प्रगतिशिल सामाजिक परिवार/सामुदायिक संस्थाको साधारण सभाको अध्यक्षता तथा सामाजिक परिवार/सामुदायिक संस्थाका अध्यक्ष सुनमान तामाङले गरेका थिए । कार्याक्रममा सामाजिक परिवार/सामुदायिक संस्थाको आय–व्यय प्रस्तुत गर्दै सामाजिक परिवार÷सामुदायिक संस्थाका अध्यक्ष तामाङले हाल सम्मको विवरण पेश गरेका थिए ।
जस अन्र्तगत सामाजिक परिवार/सामुदायिक संस्थाको कुल कोष रु छ लाख उन्नसतरी हजार दुई सय रहेको छ । त्यस्तैै सामाजिक परिवार/सामुदायिक संस्थाको मासिक वचत एक लाख दुई हजार चार सय, व्याजबाट प्राप्त रु एक लाख बयासी हजार नौ सय तिस रहेको छ भने कुल कोष मध्य छ लाख उन्नसतरी हजार लगानीमा रहेको जानकारी दिए ।
त्यतै दुई वर्षको लागि नयाँ कार्य समितिको पनि चयन भएको छ । समितिको अध्यक्षमा सीवे लामा तामाङ, कोषाध्यक्षमा प्रमोद तामाङ तथा सचिवमा तवु श्री तामाङ रहेका छन् ।
त्यस्तै रि गाविस वडा नं ८ मा रहेको पासाङचोक सामाजिक परिवार/सामुदायिक संस्थाको पनि यस संस्थाका कोषाध्यक्ष भद्र वि.क को अध्यक्षतामा साधारण सभा सम्पन्न भएको छ । यस सामाजिक परिवार/सामुदायिक संस्थाकाको आय व्वय समग्र विकास सेवा केन्द्रका सामाजिक परिचालक एन्जिला तामाङले प्रस्तुत गरेका थिए । जस अन्र्तगत यस सामाजिक परिवार/सामुदायिक संस्थाकाको कुल कोष एक लाख पैतीस हजार एक सय, माषिक वचत उन्नचालीस हजार , व्याजबाट प्राप्त रकम तीस हजार तीन सय चौसठ्ठी रुपैया रहेको छ भने कुल कोषको सबै रकम लगानीमा रहेको छ ।
संस्थाले पनि आगामी र्दु वर्षको लागी नयाँ कार्य समिीतीको चयन गरेको छ । अध्यक्ष कुमारी वि.क, कोषाध्यक्षमा भद्र वि.क तथा सचिवमा सुन्तली वि.क रहेका छन् । कार्यक्रमको सहजीकरण समग्र विकास सेवा केन्द्रकी सामाजिक परिचालक एन्जिला तामाङले गरेकि थिइन् । प्रगतीशिल र पासाङचोक सामाजिक परिवार/सामुदायिक संस्थाको आयोजनामा कार्यक्रम भएको समग्र विकास सेवा केन्द्रका जिलला संयोजक कवि पुडासैनीले जानकारी दिए ।