७ चैत, धादिङ – पृथ्वीराजमार्ग अन्तर्रगत धादिङको थाक्रे गाविस वडा नम्बर ४ सातकिलामा आज साँझ ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
काठमाण्डौंबाट विरगंञ्ज तर्फ जाँर्द गरेको एचआर ५५ एन १७७७ नम्बरको भारतियो ट्रक दुर्घटना हुँदा ट्रक चालक मान सिंहको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शवलाई काठमाण्डौं पठाईएको ईलाका प्रहरी कार्यलय खानीखोलाले जनाएको छ ।
यसैगरि पृथ्वीराजमार्ग अन्र्तगत भुमेस्थान गाविसको वडा नम्बर ८ एक्लेफाँटमा नेपाली सेनाको गाडी र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । भने अन्य २ जना गम्भीर घाईते भएका छन् ।
धनगढीबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा १ ज ५६१० नम्बर नेपाली सेनाको गाडी र विपरित दिशाबाट आउँदै गरेको बा ७१ प ३७२० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा भुमेस्थान गाविस वडा नम्बर ८ बस्ने २० वर्षिय सुरज थापाको घटना स्थलमै मृत्यु भएको हो । ३ जना सवार मोटरसाईकलमा अन्य २ जना क्रितेश थापा र उमेश सुवेदी गम्भीर घाईते भएका छन् । घाईतेहरुको अहिले काठमाण्डौं स्थित नर्भिक अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यलय गजुरीका ईन्सपेक्टर बासु सुवेदीले जानकारी दिए।