७ चैत, काठमाडौं – नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने लकस सेवको पनि नियमन गर्ने भएको छ ।
यसअघि खातावालको विवरण अध्यावधिक गर्ने गरे पनि लकरबारे भने नियमन गर्ने गरिएको थिएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार एमाओवादी सांसद ल्यारक्याल लामाको सम्पत्ति छानबिन गर्ने क्रममा नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा पेस्तोलको गोली फेला पारेको थियो ।
यस घटना पछि राष्ट्र बैंकले लकरमा के राख्न पाउने र नपाउने भन्ने बिषयमा चासो देखाएको हो । बैंक लकरमा ग्राहकले के र कस्ता वस्तु राख्न पाउने भन्ने प्रस्ट कानुनी व्यवस्था नहुँदा ग्राहकले सो सुविधाको दुरुपयोग गरी गैरकानुनी वस्तु र हातहतियारसमेत राख्ने गरेको भेटिएपछि कानुनी व्यवस्था गरेर नियमन गर्न लागिएको राष्ट्र बैंककका अधिकारीले बताए ।
बोक्न, ओसारपसार गर्न र प्रयोग गर्न कानुनले बर्जित गरेका बस्तुहरु लकरमा पनि राख्न नपाइने भएकाले त्योसम्बन्धी प्रस्ट कानुनी व्यवस्था गर्न लागिएको राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए । राजधानी दैनिकबाट