Tue. Mar 18th, 2025

शेषकान्त फाउन्डेसनद्धारा धादिङ जिवनपुरका ५ सय विद्यार्थीलाई सहयोग

seskanta-foundation 1

शिवराज आचार्य / ७ चैत, जिवनपुर (धादिङ)  – धादिङ जिल्लाको जिवनपुर गाउँ विकास समितिमा रहेका ३ वटा विद्यालयका करिब ५ सय विद्यार्थीलाई शनिबार शेषकान्त फाउन्डेसनले शैक्षिक सामाग्री सहित कपडा वितरण गरिएको छ,।

जिवनपुर गाविसको वडा नम्वर १ मा रहेको खैरेनी निम्न माध्यमिक विद्यालय, वडा नम्वर २ मा रहेको कुलचन्द्र माध्यमिक विद्यालय र वडा नम्वर ३ मा रहेको कालिका प्राथमिक विद्यालयका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री सहित कपडा वितरण गरेकोे हो ।

seskanta-foundation 2

खैरेनि निम्न माध्यमिक विद्यालयका १ सय ७० कुलचन्द्र माध्यमिक विद्यालयका १ सय ७८ र कालिका प्राथमिक विद्यालयका ६५ जना विद्यार्थीहरुलाई टा«यक शुट ,झोला ,कपि र सिसाकलम वितरण गरिएको शेषकान्त फाउन्डेसनले जनाएको छ ।

 कार्यक्रममा नेपाली काग्रेसका नेता हरि अधिकारी, शेषकान्त फाउन्डेसनका अध्यक्ष विशेश्वर प्रसाद ढकाल, शेषकान्त फाउन्डेसनका उपाध्यक्ष बावु कृष्ण ढकाल ,जर्मनी नागरिक हेर्विक यान्त्रिक र शेषकान्त फाउन्डेसनका सल्लाहकार पवन ढकाल लगायत शेषकान्त फाउन्डेसनका सदस्यहरुको उपस्थितीमा विद्यार्थीहरु लाई शैक्षिक सामाग्री सहित कपडा वितरण कार्यक्रम सम्पन भएको छ । शैक्षिक सामाग्री सहित कपडा पाएपछि विद्यार्थीहरु खुसी भएका छन् ।

About The Author

अन्य समाचारहरु: