५ चैत, धादिङ – धादिङको महादेवस्थान गाँउ विकास समितिको वडा नं ४ ताल्तीका स्थानीय महिलाहरु सरसफाई कार्यक्रममा जुटेका छन् ।
स्थानीय गौरीशकंर आत्मनिर्भर महिला समुहले शुक्रबार आफ्नो गाँउ आफै बनाउ, सफा सुन्दर नाउ मिलाउ लगायतका नारा बोकी बस्तीदेखि स्वास्थ्य चौकी भवन सम्म सरसफाइ गरेको छ ।
गाँउलाई नमुना बनाउनका लागि समूहले अब देखि प्रत्येक हप्ताको अन्तिम शनिबार सरसफाइ कार्यक्रम गर्ने समुहको अध्यक्ष राममाया थापा बताइन् ।
सहभागी महिलाहरुले गाँउमा रहेको प्लास्टिकका फोहोरहरु, कागजका टुक्रा, सिसा लगायतका फोहोर बस्तुहरु सफा गरी फोहोरबाट हुने हानीका बारेमा पनि सचेतना जगाएका थिए । महिलाहरुले गाँउमा जाने बाटो पनि मर्मत संभार गरेको महादेवस्थानबाट तुलसी जगं थापाले जानकारी दिए ।