Wed. Mar 5th, 2025

पहिलोपटक आयो २ हजारको सिक्का

Doller-1-650x433

५ चैत, धादिङ –  नेपाल राष्ट्र बैंकले राजनेताको तस्बिर अङ्कित सिक्का पहिलो पटक निष्काशन गरेको छ ।
गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा नेपाल राष्ट्र बैंकले लौहपुरुष गणेशमान सिंहको तस्बिर अङ्कित चाँदीको सिक्का पहिलो पटक निष्काशन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंक र गणेशमान सिंह फाउन्डेसनको संयुक्त आयोजनामा शुक्रबार राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले उक्त सिक्का सार्वजनिक गरे ।

डा नेपालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको ठूलो भूमिका रहेको भन्दै उनको योगदानलाई कदर गर्दै सिक्का निकाल्न पाउँदा राष्ट्र बैंक खुसी भएको उल्लेख गरे । उनले भने – “यो सिक्काले स्वर्गीय सिंहप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।”

Doller-650x379

फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले जनताका लागि सङ्घर्ष गर्ने व्यक्ति सिंह भएको भन्दै उहाँको योगदानलाई कसैले भुल्न नहुने स्पष्ट पारे। सिंहले भने – “इतिहासलाई प्रजातान्त्रिक पद्धतिमा हिँडाउने र जनताका हक अधिकारका लागि कसैसँग सम्झौता नगर्ने व्यक्ति सिंह हुन् ।”

उनले सर्वोच्च नेता सिंहजस्तो दुःख कष्ट खेपेर प्रजातन्त्रका लागि लडेको व्यक्ति नेपाली राजनीतिमा भेटाउन गाह्रो पर्ने उल्लेख गरे ।

सिंहको सम्झनामा निष्कासन गरिएको सो सिक्का ९९ प्रतिशत शुद्ध धातु, ७७ मिलिमिटर गोलाइ, २५ ग्राम तौल रहेको छ । यसको बिक्र वितरण टक्सार विभाग सुन्धाराबाट गरिने र यसको मूल्य रु दुई हजार ७६ पर्ने फाउन्डेसनले जनाएको छ । रासस

About The Author

अन्य समाचारहरु: