नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको १०० (सय) दिनको सुधार कार्ययोजनामा भूकम्पवाट अति प्रभावित धादिङ्ग जिल्लाका वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा तिनका भुकम्प पिडित परिवारहरु मध्येबाट ५० जना पीडित पहिचान गरी तिनलाई उघमशिलता तालीम समेत प्रदान गर्ने कार्यक्रम रहकोले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा तिनका भुकम्प पिडित व्यक्ति (पति, पत्नी, बाबु,आमा,छोरा र छोरी) हरुले तपशीलमा उल्लेखित कागजात सहित मिति २०७३ साल बैशाख १० गते सम्ममा घरेलु तथा साना उद्योग विकास समिति, शाखा कार्यालय, धादिङ्गमा निवेदन दिनु हुन अनुरोध छ । निवेदन दिने व्यक्तिहरुको अन्तर्वाता मिति २०७३ साल बैशाख १३ गतेका दिन हुने व्यहोरा समेत अनुरोध छ । निवेदनको ढाँचा घरेलु तथा साना उद्योग विकास समिति, शाखा कार्यालय धादिङ्ग, जिल्ला विकास समितिको कार्यालय धादिङ्गमा र बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेभसाईट www.fepb.gov.np मा प्राप्त गर्न सकिनेछ ।
संलग्न गर्नुपर्ने कागजातहरुः–
१.नागरिकताको प्रतिलिपी ।
२. पासपोर्टको प्रतिलिपी वा पासपोर्ट नं ।
३. श्रम स्वीकृति पत्रको प्रतिलिपी ।
४.भूकम्प पीडित परिचय पत्रको प्रतिलिपी ।
५. भूकम्पले पु¥याएको क्षतिको विवरण खुलेको कागजातको प्रमाणित प्रतिलिपी ।
६. परिवारको हकमा वैदेशिक रोजगारीमा गएको व्यक्तिसंग नाता खुल्ने नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी ।