Sun. Mar 16th, 2025

एमबिबिएस पढेर गाउँमा ट्याक्टर चलाउँदै

Mahindra-Tractor५ चैत, काठमाडौँ – नक्कली चिकित्सक खोज्ने क्रममा २३ फागुनमा धनुषाका प्रदीपकुमार गुप्ता पक्राउ परे। चिकित्सकको लाइसेन्सको परीक्षा दिन काठमाडौं आएका बेला उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी बाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

‘कुन कुन अस्पतालमा काम गर्यौंरु’ प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले सोधपुछ गर्दा मण्डलले भने,‘कहाँ काम गर्नु हजुर गाउँमा ट्याक्टर चलाउँदै आएकोे छु।’ लाइसेन्स परीक्षामा फेल भएपछि धनुषामा ट्याक्टर चलाएर बस्नु परेको उनले बताएका छन्।

६ वर्ष अघि चीनबाट एमबिबिएस पढेर आएका गुप्ता पटक पटक लाइसेन्स परीक्षा दिँदा पनि सफल हुन सकेनन्। एमबिबिएस पढ्न आइएस्सीको नक्कली सर्टिफिकेट बनाएको आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको हो। सिआइबीले पक्राउ गरेका १५ नक्कली डाक्टरमध्ये उनी पनि एक हुन्।

नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: