५ चैत धादिङ – कोलकातामा जारी २० ट्वान्टी विश्वकप क्रिकेट अन्र्तगत भएको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३ विकेटले हराएको छ।
टस जितेर पहिले व्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा दिएको १५४ रनको लक्ष्य श्रीलंकाले ७ बल बाँकी छँदै पूरा गर्यो।
श्रीलंकाले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर १५५ रन बनायो। उसका लागि तिलकरत्ने दिलशानले सर्वाधिक ८३ रन बनाए। ५६ बल खेलेका उनले ३ छक्का र ८ चौका प्रहार गरेका थिए।
यस्तै दिनेश चन्दिमालले २० र अंगेलो म्याथ्यूले २१ रन बनाए। अफगानिस्तानका लागि मोहम्मद नाबी र रासिद खानले १-१ विकेट लिए।
यसअघि मोहम्मद असगरले सर्वाधिक ६२ रनको सहयोगमा अफगानिस्तानले ७ विकेट गुमाएर १५३ रन बनाएको थियो।
यस्तै सामी उल्लाहले ३१, नुर अलिले २० तथा मोहम्मद सहजादले ८ रनको योगदान दिएका थिए। यसैगरी नजिबुल्ला जदरानले नटआउट १२ र दावलत जदरानले ५ रन जोडे। अफगानिस्तानका करिम सून्य रनमै पेभिलियन फर्किदा सफिकुल्ला शफीकले ५ तथा मोहम्मद नाबीले ३ रन जोडे।
श्रीलंकाका लागि तिसारा परेराले ३ र रंगना हेराथले २ विकेट लिए। यस्तै केएमडीएन कुलासेकरा र एन्जेलो मैथ्यूजले समान एक–एक विकेट लिएका थिए।