Mon. Mar 17th, 2025

धादिङको कटुञ्जेमा तीर्थ धाम बन्दै

Gokarneshwor

४ फागुन, धादिङ – पर्यटकीय दृष्टीले महत्वपूर्ण मानिने धादिङ जिल्लोको उत्तरी भेगमा अवस्थित कटुञ्जे गाविसको वडा नं. ९, चरङ्गेफेदीमा तीर्थ धाम बनाउने उद्देश्य अनुरुप काम सुरु गरिएको छ ।

रुवी भ्याली क्षेत्रलाई धार्मिक पर्यटनसँग पनि जोड्ने र तीर्थका लागि हजारौं खर्च गरेर देशरविदेश धाउनेहरुका लागि लक्षित गरि तीर्थ धाम निर्माण कार्य सुरु गरिएको गोकर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रकुमार श्रेष्ठले बताए ।

तीर्थ धाम निर्माण गर्ने उद्देश्यका साथ सुरु गरिएको अभियानको पहिलो चरणमा गोकर्णेश्वर महादेवको मन्दिर निर्माण गर्ने काम थालिएको उनको भनाइ छ । चरङ्गेफेदीमा रहेको चौतारामा मन्दिर निर्माणको कार्य सुरु भइसकेको छ । कोषाध्यक्ष श्रेष्ठले अबको एक वर्ष भित्रमा मन्दिर निर्माणको काम सम्पन्न हुने र त्यसपछि मन्दिरको तल्लो भागमा ठूलो कुण्ड बनाउने योजना रहेको बताए ।

उनले सोही क्षेत्रमा पितृ उद्धार धाम, कृयापुत्री भवन, सामुदायिक भवन तथा संस्कृति पाठशालाल समेत निर्माण गर्ने आफूहरुको लक्ष्य रहेको बताए । मन्दिर ८० लाखको स्टमेटमा निर्माणकार्य सुरु गरिएको छ । हुलाकी राजमार्गले समेत जोडेको सो क्षेत्रमा धामको निर्माण गर्न सके कुशे औंशीमा हजारौं रुपैयाँ खर्च गरेर वेत्रावती वा काठमाडौंको गोकर्णेश्वर पुग्ने तीर्थालुहरु सोही क्षेत्रमा आउने उनको विश्वास छ । पर्यटनन्युजबाट

About The Author

अन्य समाचारहरु: