४ चैत, काठमाडौं – सरकारले विद्यालय तहका विद्यार्थीलाई सूचना प्रविधिको माध्यमबाट अध्ययन गराउन लाइभ स्कुल सञ्चालन गर्ने भएको छ ।
भक्तपुरको शैक्षिक जनशक्ति विकास केन्द्रमा स्थापना हुने लाइभ स्कुलको लागि टेलिभिजन स्टेसन नै स्थापना हुने भएको छ । यसका लागि करिब १८ करोड लगानी हुने अनुमान छ ।
यस्तो लाइभ स्कुलमार्फत विषय शिक्षक नभएका विद्यालयका हजारौं विद्यार्थीले इनटरनेटको माध्यमबाट विद्यालयमै पढ्न पाउने छन् । ती विद्यालयमा राखिएको ५० इन्चभन्दा टेलिभिजनामा हेरेर विद्यार्थीले पढ्नेछन् ।
हाल परीक्षणका लागि भूकम्पप्रभावित ११ जिल्लाका सय विद्यालयका १० कक्षाका विद्यार्थीका लागि एकै पटक पढाउने व्यवस्था सहित वृहत टेलिविद्यालय स्थापना गरिएको छ । कारोबार दैनिकबाट