Mon. Mar 17th, 2025

मनको चौतारीको सुरुवात

manko chautari

३ चैत, धादिङ – विभिन्न किसिमले सामाजिक समस्यामा परेकाहरुको पीडा कम गर्नका लागि धादिङमा मनको चौतारीको सुरुवात गरिएको छ । जिल्ला स्वास्थ्य कार्यलय धादिङको संयोजनमा बुधबार धादिङबेसीमा आयोजित समुदायमा आधारित मनोसामाजिक सहयोग सम्बन्धी कार्यक्रममा चौतारीको सुरुवात गरिएको हो ।

विभिन्न पारिवारिक तथा सामाजिक असरबाट मासिहरुमा परेको नकारात्मक असरहरुलाई कम गराउने तथा त्यस्ता व्यक्तिहरुलाई मनोपरामर्श प्रदान गर्ने जानकारी गराइएको छ । कार्यक्रममा त्यस्ता व्यक्तिहरुको पहिचान गरी छिट्टै नै परामर्श प्रदान गर्ने जानकारी गराइएको छ ।

About The Author

अन्य समाचारहरु: