३ चैत, धादिङ – धादिङको वेनिघाट गाँउ विकास समितिमा महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागि परिवार नियोजना अन्र्तर व्यक्ति संञ्चार सम्बन्धी तालिम प्रदान गरिएको छ ।
एचसीथ्री परियोजना धादिङको आयोजना, जिल्ला स्वास्थ्य कार्यलय धादिङको समन्वय र वेनीघाट स्वास्थ्य चौकीको व्यवस्थापनमा तालिम संञ्चालन गरिएको हो । १० जना स्वास्थ्य स्वंयमसेविकाहरुको सहभागीता रहेको तालिममा परिवार नियोजन गर्न चाहने सेवाग्राहीहरु विच छलफल गर्ने तरिका, यसका विधिहरु, परिवार नियोजन गर्दाका फाईदाहरु, संञ्चारका महत्व लगायतका विषयमा छलफल गरिएको थियो ।
तालिममा एचसीथ्री परियोजना धादिङका जिल्ला संयोजक वालकृष्ण खत्री, फिल्ड सुपरभाईजर अप्सना राउत, र हेल्थपोष्ट ईन्चार्ज मोतीलाल चौधरी, एचसीथ्री परियोजनाका मिडिया लाईजन अफिसर पोषनाथ अधिकारीले सहजीकरण गरेका थिए । दुई दिनसम्म चलेको तालिमको बुधबार एक कार्यक्रमकाबीच समापन गरिएको छ ।