Mon. Mar 17th, 2025

मुढाले थिचेर मृत्यु

३ चैत, तनहुँ – मुढाले थिच्दा आज दिउँसो तनहुँमा एक पुरुषको मृत्यु भएको छ।

काँहुशिवपुर गाविस–८ निवासी ४५ वर्षीय मानबहादुर थापाको मुढाले थिचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सोही क्षेत्रमा पर्ने स्थानीय सामुदायिक वनबाट कच्ची सडकमा मुढा झार्ने क्रममा मुढाले अचानक थिच्दा थापाको घटनास्थलमै मृत्यु भएको हो।

जानकारी पाएलगत्तै प्रहरी घटनास्थलतर्फ प्रस्थान गरेको छ। रासस

About The Author

अन्य समाचारहरु: