Mon. Mar 17th, 2025

फागु पर्व आजदेखि सुरु

chir-holi
३ चैत, धादिङ – प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा ठडाइने रङ्गीचङ्गी चीर आज विधिवत् रुपमा ठडाइएपछि यस वर्षको फागुपर्व आजदेखि सुरु भएको छ ।

आज बिहान करिब ८ बजेको शुभसाइतमा विशेष पूजा गरी त्यसलाई ठडाइएको हो । वसन्त ऋतुमा पर्ने फागु पूर्णिमा यसपटक यही चैत ९ गते परेको छ ।

बाँसको ध्वजापताका बनाएर चीर ठडाइएपछि उक्त स्थानमा अहिले दर्शन गर्ने भक्तजनको उपस्थिति बढेको छ । रासस

About The Author

अन्य समाचारहरु: